स्वास्थ्यकर्मीको वास्तविक अवस्था चित्रण गर्ने डा.रणजीतकुमार झाको ‘नसोध मलाई...’ — OSNepal

स्वास्थ्यकर्मीको वास्तविक अवस्था चित्रण गर्ने डा.रणजीतकुमार झाको ‘नसोध मलाई…’

LC (KTM) May 27, 2021 0

काठमाडौं– कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिनु भएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा कुशल गायक तथा संगीतकार पनि हुनुहुन्छ भन्ने कुरा धेरैलाई थाहा छ ।लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा.झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सम्मानमा एउटा गीत गाउनु भएको छ ।

‘नसोध मलाई‘’ शीर्षकको उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ ।डा.रणजीत कुमार झाद्वारा नै प्रस्तुत गरिएको उक्त गीतमा डा.झाको स्वर सुन्न सकिन्छ भने शब्दहरु गिरिराज निरौलाले रचना गर्नु भएको हो ।

गीतमा डा.झा तथा गीतकार निरौलाको संगीत निर्देशन छ । गायक डा.झाका अनुसार विदेशमा बसोबास गर्नु हुने गीतकार गिरिराज निरौलाले अघिल्लो वर्ष कोरोना संक्रमणको जोखिमकै बीच डा.झासहित सम्पूर्ण चिकित्सकहरुको वाध्यतालाई गीतमा उतार्नु भएको थियो ।

गीतकारले लोक शैलीको धुन पनि तयार पार्नु भएको थियो, जसलाई मैले थोरै परिमार्जन गरेर संगीतबद्ध गर्दै आफ्नो शैलीमा ढाल्ने जमर्को गरेको छु, डा.झाका अनुसार अघिल्लो वर्ष समयाभावका कारण यो गीत रेकर्ड गर्न भ्याइएको थिएन ।यसैबीच गायक झाले करिव एक महिनाअघि मात्र यो गीत रेकर्ड गराउनु भएको हो ।

गीतमा भोकल हाल्ने क्रममा अर्को तनाव भयो, गीतका सबै ट्रयाकहरु उपलब्ध नभएपछि सिंगल ट्रयाकमै गीत रेकर्डिङ गर्नु परको थियो, गायक डा।झा सम्झनु हुन्छ–‘यो कुनै पनि गायक–गायिकाका लागि निकै नै चुनौतीपूर्ण हुन्छ जस्तो मैले अनुभव गरेको छु ।’गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ ।महेश खड्का तथा सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा.झा पनि प्रस्तुत हुनु भएको छ ।भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ ।मुकेश हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोमा निर्देशक निशान कश्यपकै रंग संयोजन तथा सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर