पार्टीलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम सम्म प्रयास गछौं: विष्ट — OSNepal

पार्टीलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम सम्म प्रयास गछौं: विष्ट

LC (KTM) May 27, 2021 0

काठमाडौं १३ जेठ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकताको लागि अन्तिमसम्म प्रयास गरिने बताएका छन् । २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन आफ्नो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका नेता विष्टले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने नेता विष्टको तर्क रहेको छ ।

नेता विष्टले लेखका छन् ,‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ’, विष्टले भनेका छन् ।

मधव नेपाल समूहका १५ स्थायी समिति सदस्यले बुधबार सामूहिक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम स्वेच्छाचारी, निरंकुश र लोकतन्त्रविरोधी भन्दै निन्दा गरेका थिए । त्यसमा विष्टले पनि हस्ताक्षर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर