गोकर्ण विस्ट भन्छन् 'एमालेलाई पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ' — OSNepal

गोकर्ण विस्ट भन्छन् ‘एमालेलाई पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ’

LC (KTM) May 27, 2021 0

काठमाडौं- पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले आफूहरू एमाले एकताका लागी अन्तिम समयसम्म पनि इमान्दार प्रयत्न गर्ने बताएका छन् , आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन प्रयत्न गरिरहने बताएका हुन् ।

उनले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने समेत बताएका छन् । उनले लेखेका छन्,’नेकपा एमाले र ज्नसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर