गर्भवती नायिका ऋचा शर्मालाई छोरा भन्दा छोरी मन पर्नुको कारण यस्तो — OSNepal

गर्भवती नायिका ऋचा शर्मालाई छोरा भन्दा छोरी मन पर्नुको कारण यस्तो

LC (KTM) May 27, 2021 0

काठमाडौं । अभिनेत्री ऋचा शर्मा यतिबेला आमा बन्ने प्रतीक्षामा छिन् । आफू गर्भवती भएको ६ महिना पूरा भएको यी अभिनेत्रीले बताएकी छन् । तर, आफू छोरी पाउने चाहनामा रहेको अभिनेत्री ऋचाको भनाइ छ ।अभिनेत्री ऋचाको विवाह भएको केही दिनमै उनको आमाको निधन भएको थियो । आफ्नो सन्तानको मुख हेर्ने चाहना आमालाई भएको तर आमाको त्यो चाहना त्यतिबेला पूरा नभएको यी अभिनेत्रीको कथन छ ।

आफूले छोरी पाएको खण्डमा आमा फेरि आफ्नो घरमा फर्केर आउनु भएको महसुर हुने यी अभिनेत्रीले बताएकी छन् । आफ्ना श्रीमान्को चाहना छोरा नै होस् भन्ने भए पनि आफू छोरीको पक्षमा रहेको यी अभिनेत्रीको कथन छ । राजधानि दैनिकमा खबर छ । हुन त अहिले गर्भमा छोरा छ कि छोरी छ भनेर हेर्न सकिन्छ । तर, त्यसतर्फ आफूले चासो नदेखाएको र जे जन्मन्छ, त्यसैमा खुसी हुने ऋचाले बताएकी छन् ।

गत महिनासम्म कमेडी च्याम्पियनको निर्णायकका रूपमा व्यस्त रहेकी यी अभिनेत्री लकडाउनपछि घरमै छिन् । सञ्चारकर्मीसँगको कुराकानीमा यी अभिनेत्रीले कोरोना संक्रमण महामारीकै कारण आफू गर्भवती भएर पनि स्वास्थ्य परीक्षणका लागि लकडाउनपछिबाट अस्पताल नगएको बताएकी छन् । अहिले आफ्नो स्वास्थ्य अवस्थाबारे अनलाइन प्रविधिबाटै सेवासँगै औषधि लिने गरेको उनले बताएकी छन् । हरेक अस्पतालमा कोरोनाको महामारी भएकाले सकेसम्म अस्पताल जानु नपरोस् भन्ने यी अभिनेत्रीको कथन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर