के गर्भवती छिन् नायिका प्रियंका चोपडा, बाडिन् यस्तो रमाइलो खुशी — OSNepal

के गर्भवती छिन् नायिका प्रियंका चोपडा, बाडिन् यस्तो रमाइलो खुशी

LC (KTM) May 27, 2021 0

मुम्बई । अमेरिकन गायक निक जोनससँग बलिउड अभिनेत्री प्रियंका चोपडाले विवाह गरेको दुई वर्ष पूरा भएको छ । तर, उनीहरूले अझै सन्तानबारे निर्णय लिएका छैनन् । अभिनेत्री प्रियंकालाई प्रायः सन्तानबारे धेरै प्रश्न आउँदो रहेछ । त्यसबारे निर्णय लिन अझै केही समय लाग्ने यी अभिनेत्रीको कथन छ ।

निक र प्रियंकाको दाम्पत्य जीवन निकै सुखद रूपमा हेरिएको छ । प्रियंकाले पनि विवाह भएपछि आफूहरूको दुई वर्ष निकै सुखदसँग बितेको बताएकी छन् । दम्पत्य जीवन सुखद हुनुको कारण एकले अर्कालाई साथ दिनु र सहयोग गर्नु नै रहेको उनले बताइन् ।राजधानि दैनिकमा खबर छ । आफू र निक सकेसम्म हरेक पलसँगै हुने र हरेक समयसँगै बिताउने कोशिसमा रहने गरेको पनि प्रियंकाको भनाइ छ ।

अमेरिकन नागरिकसँग उनले विवाह गर्दा उनीहरूको आगामी सम्बन्धबारे धेरैले प्रश्न उठाएका थिए । तर, मायाप्रेम र दाम्पत्य सम्बन्ध सुखद हुनुमा भूगोलले नछेक्ने एकअर्कालाई हरेक पल साथ दिएमा आफैं सुखी हुँदै जाने अभिनेत्रीको भनाइ छ । आफूहरू दुवैले एकअर्काको पेसाको पनि त्यतिकै सम्मान गर्दै आएको पनि अभिनेत्री प्रियंकाले दाबी गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर