काठमाडौं ५ मंसिर । गृहमन्त्री तथा नेपाली कांग्रेसका तथा बालकृष्ण खाँणले महामन्त्रीमा उम्मेद्धवारी दिने भएका छन् ।
पार्टीको आगामी १४ औं महाधिवेशनमा खाँड महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा लागेको बताइएको छ । खाँडले प्रधानमन्त्री शेर बहादुर देउवाकै आग्रहमा उम्मेदवारी दिन लागेको स्रोतको दावी छ ।
गृहमन्त्रीको भुमिका निवार्ह गरेका खाँडको आफ्नै पार्टीबाट प्रश्ंसा भइरहेको छ । पार्टीको सभापति समेत रहेका देउवा निकट खाँडले लामो समय देखि देउवालाई सघाउँदै आएका छन् ।