आज दिउसो भारी वर्षासँगै बाढी पहिरोको जोखिम उच्च, सतर्क रहन आग्रह — OSNepal

आज दिउसो भारी वर्षासँगै बाढी पहिरोको जोखिम उच्च, सतर्क रहन आग्रह

LC (KTM) May 27, 2021 0

काठमाडौँ- यास चक्रावतको असरले मुलुकका अधिकांश भू(भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आजदिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने देशका हिमाली र उच्च पहाडी भू(भागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।

यसै बिच बुधबार साँझ गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै सतर्क रहन आह्वान गरेको छ । प्राधिकरणले विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर