दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी, मृत्यु दर भने घटेन् — OSNepal

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी, मृत्यु दर भने घटेन्

LC (KTM) May 27, 2021 0

काठमाडौँ- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ ।भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार ५५३ जनामा संक्रमण भएको छ । यो संख्या बुधबारको तुलनामा भन्दा केही बढी हो । बुधबार त्यहाँ २ लाख ८ हजार ८८६ जनामा संक्रमण भएको छ ।

यो सँगै भारतमा संक्रमितको संख्या २ करोड ७३ लाख ६७ हजार ९३५ पुगेको छ ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ८४२ जनाको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख १५ हजार २६३ पुगेको छ । त्यहा संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर