काठमाडौं ४ मंसिर । नेकपा एकिकृत समाजवादी पार्टीले प्रदेश २ को सरकारमा सहभागी भएको छ ।
प्रदेश २ मा नेकपा एसले उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सहभागी हुने भएको हो । जसमा शत्रुधन महतोले वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्ने भएका छन् ।
त्यस्तै,प्रमोद यादवले कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । नागेन्द्र साहलाई राज्यमन्त्रीमा पठाउने सहमति भएको छ ।
भोली आइतबार नै नेकपा एस बाट सरकारमा सहभागी हुने मन्त्रीलाई सपथ ग्रहण समेत गरिने भएको छ ।