संक्रमण घट्दै, निको हुने बढ्दै — OSNepal

संक्रमण घट्दै, निको हुने बढ्दै

LC (KTM) May 27, 2021 0

काठमाडौं । मुलुकमा बुधबार कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित १९ हजार ३ सय ५२ नमुना परीक्षण गर्दा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएकामा यही अवधिमा ६ हजार ७ सय १६ जना निको भएका छन् । संक्रमितभन्दा निको हुनेको संख्या बढ्दो देखिनु राम्रो संकेत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबैले निरन्तर स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गरिरहे मात्र संक्रमण घट्ने पनि स्पष्ट पारेको छ । संक्रमण दर पनि अघिल्लो दिनको तुलनामा कम भएको छ । संक्रमण दर बुधबार ३४।६९ प्रतिशत रहेको छ भने अघिल्लो दिन ३७।६५ प्रतिशत थियो ।पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । मंगलबार कुल सक्रिय संक्रमित १ लाख १७ हजार २ सय ६१ थिए भने बुधबार यो संख्या १ लाख १७ हजार ७७ मा झरेको छ ।

केस फ्याटलिटी रेट (सीएफआर) भने पहिलो

लहरको तुलनामा दोस्रो लहरमा दोब्बरभन्दा बढी देखिएको छ । निश्चित अवधिमा कुनै रोग निदान भएकाको संख्या र उक्त रोगबाट मृत्यु हुनेको संख्याको अनुपातलाई सीएफआर भनिन्छ । पहिलो लहरमा सीएफआर १।१० प्रतिशत रहेकामा दोस्रो लहरमा २।६५ प्रतिशत छ ।

पहिलो लहरको दाँजोमा दोस्रो लहरमा मृत्युको प्रतिशतमा समेत वृद्घि देखिएको छ । यसअघि कुल संक्रमितमध्ये १।१० प्रतिशतको मृत्यु भएकामा यस पटक उक्त संख्या १।४७ प्रतिशत छ । समग्रमा मृत्युदर १।२८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।‘पछिल्लो दुई सातामा सर्वाधिक २५९३ जनाको मृत्यु भएको छ । यसले पनि पहिलेको दाँजोमा सीएफआर बढी देखिएको हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने ।

उनका अनुसार पहिलो लहरमा संक्रमण दर ९पोजिटिभिटी रेट० १२।५५ प्रतिशत रहेकामा दोस्रो लहरमा झन्डै तेब्बर अर्थात् ३३।०७ प्रतिशत रेकर्ड भएको छ । वैशाख १ यताका ४३ दिनमा प्रयोगशालामा प्रमाणित भएका आधारमा कोरोनाका कारण ३ हजार ७ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । महामारी सुरु भएयता गत चैत मसान्तसम्म यो संख्या ३ हजार ५८ थियो । चैतको अन्तिम सात दिनमा २२ जनाको मृत्यु भएको थियो । वैशाख सुरु भएयता यो संख्या तीव्र गतिमा उकालो लागेको हो । कान्तिपुर दैनिकमा खबर रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर