सँधै विदेशीले मिलाइदिनुपर्ने नेपाली नेताहरुलाई कोरोना महामारीको समयमा चिनियाले कान फुके, भने यो बेला खुरुक्क मिल्नु — OSNepal

सँधै विदेशीले मिलाइदिनुपर्ने नेपाली नेताहरुलाई कोरोना महामारीको समयमा चिनियाले कान फुके, भने यो बेला खुरुक्क मिल्नु

LC (KTM) May 27, 2021 0

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो ।

नेपालका नेताले चीनको सहयोगका लागि ‘धन्यवाद’ दिँदै थप सहयोग अपेक्षा गरेका छन् । चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै नेपालका नेताले स्वास्थ्य सामग्री सहयोग आशा गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

‘महामारीविरुद्ध संयुक्त संघर्ष तथा जनजीवन रक्षा, नेपाल–चीन राजनीतिक पार्टीबीच महामारीविरुद्ध संयुक्त लडाइँ’ विषयक बैठकमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले ‘कोरोना महामारी विश्वव्यापी संकट भएको’ बताउँदै ‘सबै मुलुक मिलेर सामना गर्नुपर्ने चिनियाँ धारणा रहेको’ बताए । जनताको सुरक्षा र स्वास्थ्य विशेष ध्यान दिने पार्टीको नीति रहेको पनि उनले सुनाए । नेपालका नेताले पहिलो प्राथमिकता जनतालाई महत्व दिनुपर्ने सुझाव उनले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर