एउटा तुलाामा बहादुर साशक केपी ओली एक्लै अर्कातिर यि १५ नेता एकजुट, कसको पल्ला होला भारी ? — OSNepal

एउटा तुलाामा बहादुर साशक केपी ओली एक्लै अर्कातिर यि १५ नेता एकजुट, कसको पल्ला होला भारी ?

LC (KTM) May 27, 2021 0

नेकपा –एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका छन् । नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितका नेता एवम् सांसद गरेर ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको प्रति आक्रोश व्यक्त गर्दै नेताहरुले त्यसलाई स्वेच्छाचारी निर्णयको संज्ञा दिएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उनीहरूद्वारा जारी सामूहिक वक्तव्यमा भनिएको छ, “ यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भत्र्सना गर्दछौँ ।”

यो पनि : कोभिड तथा विपद् प्रतिकार्यमा जुट्न निर्देशन : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य तथा कोरोना महामारी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री नेपालीले आज भर्चुअल बैठकमार्फत् कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै भन्नुभयो, “प्राकृतिक विपद्बाट कर्णाली प्रदेशमा बर्सेनि लाखौको धनजनको क्षति हुने गरेकाले यसको प्रतिकार्यका लागि जिल्लादेखि वडातहसम्म कार्ययोजना लग्नुहोस् ।”

प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रदेशस्तरीय सूचना प्रणाली लागू गर्न लागेको जानकारी दिँदै मन्त्री नेपालीले त्यसको प्रभावकारी व्यवस्थापनका निम्ति प्रमुख जिल्ला अधिकारीहरुको भूमिका र सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँका अनुसार मनसुन सक्रिय हुने समय नजिकिदै गरेका कारण जिल्लादेखि वडातहसम्म प्रभावकारी सूचना प्रणालीको विकास, जनचेतना जगाउने कार्यलाई तीव्र बनाएर लैजाने तयारी गरिएको छ । उहाँले तेस्रो भेरियन्ट आउने सक्ने जिल्लामा बलियो तयारी र सहज अक्सिजन आपूर्तिको वातावरण मिलाउन प्रजिअहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा दशवटै जिल्लाका प्रजिअले कोरोना नियन्त्रण र विपद् व्यवस्थापन भइरहेका गतिविधिबारे र त्यसक्रममा देखिएको चुनौतीबारे जानकारी गराउनु भएको थियो । विपद्को पूर्वतयारीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग अपरिहार्य भएको र सेवा प्रणालीलाई चुस्त बनाउन तथा सबै नागरिकलाई खोप लगाउने वातावरण तयार गर्न उहाँहरुको सामूहिक आग्रह थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर