जनता कोरोनाले धरधरी रोएका बेला मनिषा कोइरालाको तारिफयोग्य काम, गरिन् अस्पताललाई भेन्टिलेटरसहित यि स्वास्थ्य सामाग्री सहयोग — OSNepal

जनता कोरोनाले धरधरी रोएका बेला मनिषा कोइरालाको तारिफयोग्य काम, गरिन् अस्पताललाई भेन्टिलेटरसहित यि स्वास्थ्य सामाग्री सहयोग

LC (KTM) May 26, 2021 0

काठमाडौं – चर्चित नायिका मनिषा कोइराला पछिल्ला दिनमा सामाजिक काममा पनि सक्रिय बन्न थालेकी छिन् । गत वर्षको कोरोनाको महामारीमा ाफ्नो कर्मभूमि भारत छाडेर नेपाल आएकी मनिषा कोइराले विभिन्न सामाजिक कर्म गर्दै १ वर्ष बिताइन् । र नेपालमा कोरोनाको दोस्रो महामारी जारी रहेका बेला उनले वीरगञ्जस्थित नारायणी अस्पताललाई ४ वटा भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

मनिषाले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्रकिशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा। उदयनारायण सिंहलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै अन्य स्वास्थ्य सामाग्रीमा १००र१०० वटा फेससिल्ड र पीपीई तथा ३ वटा फूल फेस मास्क रहेका छन् । कोरोना महामारीको दोस्रो लहरमा वीरगञ्ज तथा मध्यतराईका जिल्लाहरू बढी प्रभावित भएका र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले दिल दिएर सहयोग गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर