यूरोपा लिगको उपाधीका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड र स्पेनिस क्लब भिल्ला रियल आपसमा भिड्दै — OSNepal

यूरोपा लिगको उपाधीका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड र स्पेनिस क्लब भिल्ला रियल आपसमा भिड्दै

LC (KTM) May 26, 2021 0

युरोपा लिगको आजको खेल एकदमै रोचक हुने भएको छ । किनभने युरोपा लिग फुटबलको फाइनल खेल आज राति हुँदैछ । उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड र स्पेनिस क्लब भिल्ला रियलबीच प्रतिस्पर्धा हुनेछ ।

पोल्याण्डको पोल्साट एरिनामा हुने यी दुई टिमबीचको उपाधि भिडन्त राति पौने एक बजे सुरु हुनेछ । आज युनाईटेड र भिल्ला जित निकाल्दै उपाधि जित्ने योजना सहित मैदान उत्रने छन् । युनाईटेडले पछिल्लो चार वर्ष यता कुनैपनि उपाधि जित्न सकेको छैन ।

भिल्ला रियललाई हराएर युनाईटेड उपाधिको खडेरी तोड्न चाहन्छ ।यस्तै युनाईटेड दोस्रो पटक उपाधि जित्न चाहन्छ । युनाईटेडले सन् २०१७ मा युरोपा लिग जितेको थियो ।भिल्ला भने पहिलो पटक युरोपा लिग जित्ने योजनामा हुनेछ ।भिल्लाले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर