राधे फिल्म नराम्रो भन्नेलाई सलमानले रिसइबि साँध्दै , बलिउड फिल्मका समिक्षक कमाल आर खानद्धारा सलमानको फिल्मको रिभ्यु नै नगर्ने घोषणा — OSNepal

राधे फिल्म नराम्रो भन्नेलाई सलमानले रिसइबि साँध्दै , बलिउड फिल्मका समिक्षक कमाल आर खानद्धारा सलमानको फिल्मको रिभ्यु नै नगर्ने घोषणा

LC (KTM) May 26, 2021 0

सलमान खानको फिल्मको समिक्षा गरेका भारतीय फिल्मी समीक्षक कमाल आर खान केआरके लाई फसाँद परेको छ । उनि बलिउडमा राम्रै समिक्षकको रुपमा कहलिएका छन् ।

उनले आइन्दा देखी सलमान खानको कृनै पनि फिल्मको समिक्षा नै नगर्ने घोषणा समेत गरेका छन् । यी फिल्मी समिक्षक यति सारो किन सलमान संग चिढिए त भन्ने कुराको एउटै कारण छ त्यो हो उनी बिरुद्ध मानहानीको मुद्धा चलाइएको छ ।

केआरकेले ट्विटर ह्यान्डलमार्फत् यो कुराको जानकारी दिएका हुन् । उनले सलमान खानले ‘राधे’ को रिभ्यूका कारण आफु बिरुद्ध मानहानीका मुद्धा हालेका छन् । उनले भनेका छन् अब म सलमान खानको कुनै पनि फिल्मको रिभ्यू गर्दिनँ ।’

उनले ट्विटरमा अर्को पोस्ट गर्दै सलमान खानलाई फिल्मको रिभ्यूले आहत पुर्‍याएका कारण अब कहिल्यै उनको फिल्मको रिभ्यू नगर्ने उल्लेख गरेका हुन् । धेरैले ‘राधे’ को कथावस्तु र प्रस्तुतिलाई लिएर आलोचना गरेका थिए ।

ति मध्ये उनलाई मात्र मुद्धा चलाइएको बताइएको छ । उनले फिल्मको मध्यान्तरमा नै एक भिडियो सार्वजनिक गर्दै फिल्म झुर रहेको प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर