काठमाडौं, २ मंसिर-प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ुहामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विषयमा विचार आदानप्रदान गरेका छौं,ु प्रधानमन्त्री देउवाले ट्वीट गरेका छन् ।