नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको कार दुर्घटनाग्रस्त, कारमा पोखरेल सहित थिए अन्य ३ पत्रकार पनि — OSNepal

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको कार दुर्घटनाग्रस्त, कारमा पोखरेल सहित थिए अन्य ३ पत्रकार पनि

LC (KTM) May 26, 2021 0

काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सवारी दुर्घटनामा परेका छन् । दाङको तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ नम्बरको स्कारपियोले उनी सवार गाडीलाई ठक्कर दिएको बताइएको छ ।

दुर्घटनाग्रस्त सवारीमा पोखरेल सहित पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गा के सी, उपाध्यक्ष सन्तोष सुबेदी र पूर्वअध्यक्ष सुदिप गौतम रहेको बताइएको छ । दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै गर्दा स्कारपियोले विपुलको कारलाई ठक्कर दिएको थियो ।

ठक्करबाट नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था समान्य रहेको बताइएको छ । दुर्घटनाबाट प्रदेश ३ ‍०१ ०२२ च ९२२६ नम्बरको पोखरेल सवार गाडीको अगाडीको भाग पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । ठक्कर दिने जीपलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर