काठमाडौं २ मंसिर । मंसिर ३ गते दिउँसो ३ बजे सम्म प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार एशोसिएसनले अल्टिमेटम दिएको छ ।
भोली शुक्रबार सम्म जवराले राजीनामा नदिए आन्दोलनलाई थप शसक्त बनाउँदै आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहिबार पत्रकार सम्मेलनमा बोल्दै ३ बजे सम्म राजीनामा नदिए थप आन्दोलन घोषणा गर्ने बताएका हुन् ।
आज भएको विरोध प्रदर्शनमा प्रहरीलेको हस्तक्षेपले सर्वोच्च परिसर तनावपुर्ण भएको थियो ।
भोली ३ बजे सम्म प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन घोषणा गर्ने बारका अध्यक्ष श्रेष्ठको चेतावनी