काठमाडौं । विबाहका आ आफ्नै प्रचलन छन् । जसमध्ये सबैभन्दा बढी चर्चा पाएको एउटा प्रचलन अफ्रिकामा छ । अफ्रिकाका केही इलाकामा विवाहित जोडीसँग दुलहीकी आमा सुत्ने प्रचलन छ ।
त्यहाँ बेहुला विबाहपछि आफ्नै घरमा बस्नुपर्छ भने बेहुली माइतीमा गएर आमासँग सुत्ने प्रचलन छ । त्यस्तै टाउकोमा भाँडा राखेर दुलहीले आशिर्वाद लिने प्रचलन पनि चर्चामा छ ।
यो अचम्मको परम्परा भारतको बिहारका केही हिस्सामा अहिले पनि प्रचलनमा छ । विवाहपछि दुलही पहिलो पटक घर जाँदा सासुले उनको टाउकोमा माटोको भाँडा राखिदिन्छिन् । यो भाँडासहित उनले मान्यवरको आशिर्वाद लिनुपर्ने हुन्छ ।
बंगाली विवाहमा दुलहा वा दुलहीकी आमाले विवाह हेर्न नपाउने प्रचलन छ । आमाको उपस्थितिमा नवदम्पत्तिको जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने मान्यता राखिन्छ ।