दुबईका युवराजलाई जुम्ल्याहा सन्तान प्राप्ति , बलिउडका चर्चित यी दूई नायकले दिए यसरी शुभकामना — OSNepal

दुबईका युवराजलाई जुम्ल्याहा सन्तान प्राप्ति , बलिउडका चर्चित यी दूई नायकले दिए यसरी शुभकामना

LC (KTM) May 26, 2021 0

दुबईका युवराज शेख हमदान बिन मोहम्मद बिन राशिद अल मक्तूम पिता बनेपछि बलिउडका चर्चित सेलिब्रेटीहरुले बधाई दिन भ्याएका छन् । जुम्ल्याहा सन्तानका पिता बनेका उनलाई बलिउडका चलेका नायक सलमान खान , सञ्जय दत्त लगायतले बधाई दिएका हुन् ।

सलमान खानले जुम्ल्याहा सन्तानका पिता बनेका दुबइका युवराज शेख हमदानलाई बधाई दिदै जन्मिएका दुबै बच्चालाई प्रेम दर्शाएका छन् । उनले बधाई दिँदै लेखेका छन्, शेख हमदानलाई घरमा जन्मिएका जुम्ल्याहाका लागि शुभकामना । दुबै बच्चालाई प्रेम, स्वास्थ्य र खुसीसहित सम्मान ।’
सलमान खान भन्दा अघि बलिउडका अर्का चर्चित नायक सञ्जय दत्तले पनि बधाई दिएका थिए । उनले हमदानलाई जुम्ल्याहा सन्तानको आगमनमा शुभकामना प्रकट गरेका थिए ।

सञ्जय दत्तले लेखेका थिए, ‘हिज रोयल हायनेस शेख हमदानलाई जुम्ल्याहा सन्तानको आगमनमा असाध्यै धेरै शुभकामना । प्रेम, लक र संसारको हरेक खुसी दुबैका लागि ।’

शेख हमदानले गत आइतबार आफ्ना जुम्ल्याहा सन्तानको फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएका थिए । उनको युवराज्ञी शेख शेखा बिन्त साइद बिन थानी अल माक्तूम संग दुई वर्ष अघि विवाह भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर