काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द शम्शेर जवराको राजीनामा माग गर्दे आज पनि सर्वोच्च परिसरमा आन्दोलन सुरु भएको छ । झण्डै एक महिनाको पुग्नको लागेको जवराको विरुद्धको धर्ना कार्यक्रम केहि दिन यता सुरक्षा कर्मीको हस्तक्षेप बढ्दै गएको छ ।
आज बिहिबार सर्वोच्च परिसमा भएको न्यायाधीशहरुको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि हातपात समेत गरेको छ ।
पछिल्लो केहि दिन यता सुरक्षा कर्मीको सर्वोच्च परिसरमा बाक्लो सहभागीता हुने गरेको छ ।