भारतीय प्रधानमन्त्री मोदीलाई २० हजार करोडको नयाँ घर — OSNepal

भारतीय प्रधानमन्त्री मोदीलाई २० हजार करोडको नयाँ घर

LC (KTM) May 26, 2021 0

दिल्लीको राजपथ धेरै थोकका लागि खास ठाउँ मानिन्छ । इण्डिया गेट देखी राष्ट्रपति भवनसम्म जाने सडकको दूई साईडमै बगैँचा छ जहा हजारौ ब्यक्तिहरु जाडोमा घाम ताप्न र गर्मीमा बेलुकी पख आइसक्रिम खान आउने गर्छन् ।

तर यो ३ किलोमीटर लामो सडक अहिले धुलोले छोपीएको छ । जमीन बाट माटो खोतलिएको छ । गाडि तथा कोही पनि ब्यक्ति भित्र पस्नका लागि मनाही गरिएको छ । यो सबै सरकारको सेन्ट्रल बिस्टा प्रोजेक्ट चालु भईरहेको हो ।

यस प्रोजेक्टले नयाँ संसद भवन, प्रधानमन्त्री तथा राष्ट्रपतिका लागि नयाँ अफिस बनाउन सुरु गरेको छ । यो पुरै प्रोजेक्टका लागि सरकारले करीब २० हजार करोड रुपैया लगानी गर्ने भएको छ ।

यहि कारण सुरु देखी नै यस प्रोजेक्ट प्रति बिरोध उठिरहेको छ । यति ठुलो राशीको लगानी अरु तिर गरेको भए हुने भन्दै आलोचना भईरहेको छ । यो रकम दिल्लीको दुषित हावा शुद्ध बनाउनका लागि प्रयोग भएको भए राम्रो हुने भन्दै आलोचना भएको हो ।

तर सरकारले यसको खण्डन गर्दै आएको छ । उसले यो प्रोजेक्टले अर्थब्यवस्थामा राम्रो फाईदा पुग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर