निषेधाज्ञाको समयमा तामाङको रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा १४ जना मोटो रकम सहित समातिए — OSNepal

निषेधाज्ञाको समयमा तामाङको रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा १४ जना मोटो रकम सहित समातिए

LC (KTM) May 26, 2021 0

काठमाडौं-काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमा तास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८४ हजार ३ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका(१४ कलंकीस्थित एडभेन्चर होटल एण्ड लजको कोठा नम्बर ४०६ मा तास खेलिरहेको अवस्थामा सोही होटलका सञ्चालक चितवन खैरेनी घर भएका ३२ बर्षीय कृष्ण अधिकारी समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अधिकारीले उक्त लजमा जुवा, तास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६८ हजार ३ सय ९० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर