नेपाल समुहले जारी गर्यो ओली विरुद्ध संयुक्त संघर्ष गर्ने यस्तो वक्तव्य — OSNepal

नेपाल समुहले जारी गर्यो ओली विरुद्ध संयुक्त संघर्ष गर्ने यस्तो वक्तव्य

LC (KTM) May 26, 2021 0

काठमाडौं १२ जेठ । पार्टीबाट निष्काशनमा परेका माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकतावद्ध भएर संघर्ष गर्नुपर्ने बताएको छ । नेपाल समुहका १५ जना स्थायी कमिटि सदस्यहरुले आज संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय हित तथा स्वाभिमान विपरितका क्रियाकलाप विरुद्ध बोेल्दा कारवाही हुनु हास्यास्पद भएको निष्कर्ष निकालेको छ ।

राज्ययन्त्र, सत्ता र सरकारको व्यक्तिगत र गुटगत स्वार्थमा चरम दुरुपयोग गरिएको वक्तव्य उल्लेख गरिएको छ ।नेपाली जनताको झण्डै दुई तिहाई मत पाएर सरकारको नेतृत्व गरेको केपी ओली सरकारले राष्ट्रिय हित विपरित कम गरेकाले कम्युनिष्ट आन्दोलन र लोकतन्त्र नै क्षतविक्षत भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

<iframe src=”https://drive.google.com/file/d/11YrczqOKUjQzSxOssgpTeF9BWj6G7Mnq/preview” width=”640″ height=”480″></iframe>

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर