विराटनगरको नोबेल शिक्षण अस्पतालले थप नयाँ संक्रमितलाई भर्ना नलिने — OSNepal

विराटनगरको नोबेल शिक्षण अस्पतालले थप नयाँ संक्रमितलाई भर्ना नलिने

LC (KTM) May 26, 2021 0

विराटनगर १२ जेठ । अक्सिजनको अभाव भएको भन्दै विराटनगरको नोबेल शिक्षण अस्पतालले अब नयाँ कोरोना संक्रमितको बिरामीलाई भर्ना नलिने भएको छ ।उक्त अस्पतालाई सप्लाई गर्दै आएको अक्सिजन उद्योगमा केहि समस्या आएकाले अक्सिजनको अभाव भएपछि थप नयाँ बिरामी भर्ना नलिएको हो ।

अस्पतालका प्रबन्ध निर्देशक नारायण दाहालले अस्पतालमा रहेको अक्सिजन उपचाररत संक्रमितको लागि चाहिने भन्दै आजबाट थन नयाँ संक्रमितलाई भर्ना नलिएको बताएका छन् । दाहालले भने, ‘यस्तो अवस्थामा अस्पतालमा रहेका बिरामीलाई उपचारका लागि अन्यत्र पठाउन मिल्दैन,’हिजोदेखि एक्कासि अक्सिजन उद्योगमा समस्या आएको भन्दै अस्पतालमा पनि अक्सिजन सप्लाई बन्द गरिएको छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर