काठमाडौं १ मंसिर । वरिष्ठ अधिवक्त्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा भ्रष्टचारमा डुबेको बताएका छन् ।
अधिवक्ता थापाले आन्दोलन छाडेर इजलासमा फर्किएका न्यायाधीशहरुलाई इजलासमा बस्नु अगावै जवरालाई घुस खानु भएको छ कि छैन भनेर सोध्न आग्रह समेत गरेका छन् ।
बुधबार भएको विरोध सभालाई सम्बोधन गर्दै थापाले भनेका छन्, ‘जो हतार हतार इजलासमा बस्नुहुन्छ, तपाईंहरुले प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानु भएको छ कि छैन ?’
यदि यो प्रश्न जवरालाई नसोधी हतारमा इजलासमा बसे सबै न्यायाधीश दुषित हुने पनि बताएका छन् ।