सुरेन्द्र पाण्डेलगायत १२ जनालाई ओलीको सरकारको २४ घण्टे स्पष्टिकरण — OSNepal

सुरेन्द्र पाण्डेलगायत १२ जनालाई ओलीको सरकारको २४ घण्टे स्पष्टिकरण

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । नेकपा एमालेले पार्टीको निय विपरित विपक्षीदललाई समर्थन गरेको भन्दै पार्टीबाट निष्काशित माधव नेपाल समुहका १२ जना नेतालाई २४ घण्टाको समय दिएर स्पष्टिकरण सोधेको छ । आफ्नै पार्टीको सरकार विरुद्ध विपक्षी दलका नेतालाई प्रधानमनत्री बनाउन समर्थन गरेको आरोप यी १२ नेतामाथि लागेको छ ।

स्पष्टिकरण सोधिनेमा नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङ रहेका छन् । यस अघि नै नेपालसहित ११ जनालाई पार्टीबाट निष्काशित गरिसकिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर