चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीको त्यो आग्रह — OSNepal

चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीको त्यो आग्रह

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपालको लागि आवश्यक कोरोना विरुद्धको खोप सहजिकरण गरिदिन आग्रह गरेकी छन् ।करिब ४० मिनेट भएको कुराकानीमा चीन सरकारले नेपाललाई सहयोग गर्न सहमित भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सँगको कुराकानमिा राष्ट्रपति भण्डारीले भनिन् ,‘कोभिड(१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ ।

जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल मागेको सहयोग बारे अधिकारीहरुसँग बुझ्ने साथै नेपाललाई सहयोग गर्न सधैं तत्पर रहेको बताएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर