मंगलबारको तुलनामा काठमाडौँ उपत्यकामा पनि नयाँ संक्रमितको संख्यामा कमी — OSNepal

मंगलबारको तुलनामा काठमाडौँ उपत्यकामा पनि नयाँ संक्रमितको संख्यामा कमी

LC (KTM) May 26, 2021 0

काठमाडौँ-पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् । हिजो काठमाडौंमा मात्र १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने १६९ जनाको मृत्यु भएको थियो ।

आज भनेपछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् । यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर