काठमाडौं ३० कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त गरेका छन् ।
उनलाई आजै सपथ ग्रहण गराउन प्रदेश प्रमुखको कार्यालयमा सिफारिस समेत गरिएको छ । मुख्यमन्त्री भएको दुई साता पुग्न लाग्दा शाहीले मंगलबार एक जना मन्त्री नियुक्त गरेका छन् ।
उनलाई आजै काननुमन्त्रीमा नियुक्त गरिएको मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।