लागु औषधसहित २१ वर्षीय युवक पक्राउ — OSNepal

लागु औषधसहित २१ वर्षीय युवक पक्राउ

LC (KTM) May 26, 2021 0

सर्लाही १२ जेठ । लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रमोद कुमार महतो रहेका छन् । महतोलाई जिल्लाको ब्रम्हपुरी गाउँपालिका–४ स्थित राजबेरी इलाकाबाट सशस्त्र प्रहरीको टोलीले लागु औषधसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवन नगरबाट खटिएको टोलीले शंका लागेर सर्च गर्दा उनको साथबाट १ सय २० बोतल लागूऔषध बरामद गरिएको हो ।पक्राउ परेका प्रमोद कुमार माथि आवश्यक कारवाही हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर