माधव नेपाललाई सौतेनी ब्यबहार गरेर ओलीले ठिक गरेनन् — OSNepal

माधव नेपाललाई सौतेनी ब्यबहार गरेर ओलीले ठिक गरेनन्

LC (KTM) May 10, 2021 0

काठमाडौं – नेकपा एमालेको विवाद सुल्झाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक देखिएको निष्कर्ष माधव नेपाल पक्षले निकालेको छ ।

एमालेको विधानअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किने तथा आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओली बाधक रहेको निष्कर्ष सो समूहले निकालेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

विवाद निरुपण गर्न अधिकतम लचकता अपनाउने भन्दै आइतबार राति अबेरसम्म छलफलमा बसेका नेपाल समूहका सांसदसहितका नेता ओली सहमतिमा नै आउन नचाहेको निष्कर्षमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर