काठमाडौं ३० कात्तिक । आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाट अलग भएका पाँच न्यायाधीशहरु मध्ये चार जना इजलास पुगेका छन् ।
जसमा न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मी रहेका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा गरिहेको बताइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आएको आन्दोलनरत कानुन व्यवसायीहरुको समुहबाछ छुटिएर अब आन्दोलनमा सहभागी नहुने भनी पाँच न्यायाधीले सोमबार घोषणा गरेका थिए ।