पछिल्लो २४ घण्टामा १४५ जनाको निधन, ६ हजार ७१६ जनाले जिते कोरोना — OSNepal

पछिल्लो २४ घण्टामा १४५ जनाको निधन, ६ हजार ७१६ जनाले जिते कोरोना

LC (KTM) May 26, 2021 0

काठमाडौँ – देशभर ६ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो । ३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ ।

यस्तै २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् । थप १४५ जनाको निधन भएको छ ।नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख १७ हजार ७७ पुगेको छ । त्यस्तै सोही अबधिमा २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जनामा कोरोना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर