काठमाडौं ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मुल गेटमा धर्ना सुरु गरेका छन् ।
प्रहरीको घेराबन्दी तोड्दै कानुन व्यवसायीहरु अदालतको मुल गेटमा धर्ना दिन पुगेका हुन् । गत कात्तिक १४ गते देखि सुरु भएको धर्ना कार्यक्रममा केहि हुलदंगा हुन थालेपछि दिनुहँ प्रहरीको बाक्लो सहभागीता हुँदै आएको छ ।
प्रधानन्यायाधीशको पक्षमा समेत प्रदर्शन हुने थालेको छ । प्रधानन्यायधीशले संवादमा आउन आग्रह गरेपनि आन्दोनरत कानुन व्यवसायीले अस्विकार गरेका छन् ।