खुशीको खबर : पहिलोपटक नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी — OSNepal

खुशीको खबर : पहिलोपटक नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी

LC (KTM) May 26, 2021 0

नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोना संक्रमण पुष्टि भएको हो । । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए ।

यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए । त्यस्तै सोही अबधिमा ४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जनामा कोरोना देखिएको छ ।

यो पनि : महामारीको समयमा हिरोको भूमिका खेलेको भन्दै अभियन्ता तथा कलाकार श्रेष्ठ बेलायतमा सम्मानित : सामाजिक अभियन्ता तथा कलाकार मनिष श्रेष्ठ बेलायतमा सम्मानित भएका छन् । श्रेष्ठलाई बेलायतमा स्थापित सक्रिय सामाजिक संस्था जमघट परिवारले बेलायतमा तेस्रो लकडाउनको समयमा लकडाउन अबधि भर समस्यामा परेका बृद्धबृद्धा, बिद्यार्थी, कोभिडबाट प्रभावित परिवारलाई सहयोग गरेको भन्दै सम्मान गरेको हो । उनलाई कम्युनिटी रियल हिरो अवार्ड को सम्मान पत्र प्रदान गरिएको कार्यक्रमका युवा संयोजक खेम थापा९रवि० ले जानकारी दिए ।

सम्मानित कलाकार श्रेष्ठ बेलायतमा दुई दशक देखि समाज र कलाकारितामा सक्रिय रहँदै आएका छन् । कोभिडको समयमा राहत बितरण गरेर करिव करिव ४०० परिवार लाई राहत उपलब्ध गराएका उनले आफ्नो यो कमदलाई भोलीका दिनमा पनि निरन्तरता दिने बताए । श्रेष्ठले यो सम्मानको श्रेय आँफुलाई मात्र नदिएर सम्पुर्ण टिमलाई सर्मपर्ण गर्न चाहेको बताए । उनले अहिले नेपालमा महामारी तिब्र गतिमा फैलिएका कारण सबैले आफ्नो जन्मभूमि नेपालमा नजर पुर्याउन आवश्यक रहेको समेत औँल्याए ।

उनले भने नेपालमा महामारी दिनानुदिन फैलिँदै गएका कारण देशविदेशबाट सबैले राहात तथा स्वास्थ्य सामाग्री प्रदानमा आफ्ना कदम अगाडी बढाउन महामारी नियन्त्रणमा आउने आशा ब्यक्त गरे । कार्यक्रम साउथईष्ट लन्डन मगर सघं इकाईका अध्यक्ष ,एवं जमघट परिवार युकेका अध्यक्ष तिर्थ कुमार थापा को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । ग्लोबल इनासको महासचिव समेत रहेका कलाकार एवंम सामाजिक अभियन्ता श्रेष्ठ बेलायतमा रहेर पनि कलाकारितामा सक्रिय रहँदै आएका छन् । उनका केही चलचित्र र म्यूजिक भिडियोहरु रिलिजको क्रममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर