महामारीमा हिरोको भूमिका खेलेको भन्दै अभियन्ता तथा कलाकार श्रेष्ठ बेलायतमा सम्मानित — OSNepal

महामारीमा हिरोको भूमिका खेलेको भन्दै अभियन्ता तथा कलाकार श्रेष्ठ बेलायतमा सम्मानित

LC (KTM) May 26, 2021 0

सामाजिक अभियन्ता तथा कलाकार मनिष श्रेष्ठ बेलायतमा सम्मानित भएका छन् । श्रेष्ठलाई बेलायतमा स्थापित सक्रिय सामाजिक संस्था जमघट परिवारले बेलायतमा तेस्रो लकडाउनको समयमा लकडाउन अबधि भर समस्यामा परेका बृद्धबृद्धा, बिद्यार्थी, कोभिडबाट प्रभावित परिवारलाई सहयोग गरेको भन्दै सम्मान गरेको हो । उनलाई कम्युनिटी रियल हिरो अवार्ड को सम्मान पत्र प्रदान गरिएको कार्यक्रमका युवा संयोजक खेम थापा (रवि) ले जानकारी दिए ।

सम्मानित कलाकार श्रेष्ठ बेलायतमा दुई दशक देखि समाज र कलाकारितामा सक्रिय रहँदै आएका छन् । कोभिडको समयमा राहत बितरण गरेर करिव करिव ४०० परिवार लाई राहत उपलब्ध गराएका उनले आफ्नो यो कमदलाई भोलीका दिनमा पनि निरन्तरता दिने बताए । श्रेष्ठले यो सम्मानको श्रेय आँफुलाई मात्र नदिएर सम्पुर्ण टिमलाई सर्मपर्ण गर्न चाहेको बताए । उनले अहिले नेपालमा महामारी तिब्र गतिमा फैलिएका कारण सबैले आफ्नो जन्मभूमि नेपालमा नजर पुर्याउन आवश्यक रहेको समेत औँल्याए ।

उनले भने नेपालमा महामारी दिनानुदिन फैलिँदै गएका कारण देशविदेशबाट सबैले राहात तथा स्वास्थ्य सामाग्री प्रदानमा आफ्ना कदम अगाडी बढाउन महामारी नियन्त्रणमा आउने आशा ब्यक्त गरे । कार्यक्रम साउथईष्ट लन्डन मगर सघं इकाईका अध्यक्ष ,एवं जमघट परिवार युकेका अध्यक्ष तिर्थ कुमार थापा को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । ग्लोबल इनासको महासचिव समेत रहेका कलाकार एवंम सामाजिक अभियन्ता श्रेष्ठ बेलायतमा रहेर पनि कलाकारितामा सक्रिय रहँदै आएका छन् । उनका केही चलचित्र र म्यूजिक भिडियोहरु रिलिजको क्रममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर