काठमाडौं २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा माग गर्दै आएका पाँच न्यायाधीशहरु भोलीबाट नियमित आफ्नो काममा फर्किने भएका छन् ।
बन्दीबाहेकका इजलास बाहेक सबै इजलास वष्हिकार गर्दै आएका सर्वोच्चका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले भोलिदेखि नियमित काममा फर्किने भएका हुन् ।
गोला प्रथा लागु भए आफ्नो नियमित काममा फर्किने बताएका हुन् । पाँच न्यायाधीश मध्ये एक न्यायाधीशले भने आफुहरु फुर्लकोटको बैठकबाहेकका छलफलमा सहभागी नहुने समेत बताएका छन् ।