काठमाडौं २९ कात्तिक । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले संघीयता ,धर्म निरपेक्षता माओवादी केन्द्रबाटै सम्भव भएको बताएकी छन् ।
सोमबार आयोजित चियापान कार्यक्रममा नेत्रृ दाहालले संघीयता ,धर्मनिरपेक्षता,समावेशी समानुपातिक प्रणालीका साथै सबै बर्ग, क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भव भएको समेत जिकिर गरेकी हुन् ।
माओवादी केन्द्र परिवर्तनको संवाहक भएको बताएकी उनले भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनीय कामहरू भएको समेत दावी गरेकी छन् ।