ज्यानभन्दा ठूलो अरु कुरा नभएको भन्दै भट्टराईले भने-'एक साता गुन्द्रुक, चना र भात खाँदा केही हुँदैन' — OSNepal

ज्यानभन्दा ठूलो अरु कुरा नभएको भन्दै भट्टराईले भने-‘एक साता गुन्द्रुक, चना र भात खाँदा केही हुँदैन’

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । लगातार निषेधाज्ञा गरेपनि कोरोनाको संक्रमण दर नघटेपछि निषेधाज्ञालाई थप कडा बनाई काठमाडौँ उपत्यकामा एक साता फेरि निषेधाज्ञा थपिएको छ । चौँथौ पटक थपिएको निषेधाज्ञामा भने किनारा पसल समेत खोल्न नपाइने भएको छ । हिजो तिनै उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए अनुसार किनारा पसलमा बढी भिडभाड बढेकाले पसल बन्द गर्न लागिएको हो । साथै सर्वसाधारणको सुरक्षाको लागि नै यस्तो निणर्य गरिएको भट्टराईले बताएका छन् । व्यावहारिकता हेरेरै पानी, फलफूल र तरकारीलाई रोकेका छैनौं, दाल, चामल त एक हप्तालाई किनेर राख्दा भइहाल्छ,’ भट्टराईले भने, ‘त्यसका लागि दुई दिन समय पनि दिएका छौं ।’

ज्यानभन्दा ठूलो अरु कुरा नभएको भन्दै भट्टराईले प्रशासनको निणर्यलाई सबैले पालना गरिदिन आग्रह गर्दै भने , एक साता गुन्द्रुक, चना र भात खाँदा केही हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर