नेपालको कमेडिले एकपटक बिश्व हल्लाउने पक्का, नेपग्याजमका गौतम र त्रितालले गरे यस्तो काम — OSNepal

नेपालको कमेडिले एकपटक बिश्व हल्लाउने पक्का, नेपग्याजमका गौतम र त्रितालले गरे यस्तो काम

LC (KTM) May 26, 2021 0

नेपालको कमेडिले एकपटक बिश्व हल्लाउने भएको छ । किनकि बिश्वकै सबैभन्दा अग्लो स्थानमा गएर स्ट्यान्डअप कमेडी गरिए संगै बिश्व कीर्तिमान कायम भएको छ । यसले नेपालको कमेडिको दायरा पनि झनै फराकिलो बनाएको छ ।

नेपालमा पहिलो पटक ब्यवसायिक रुपमा कमेडिको सुरुवात गरेको नेपग्याजम कमेडी’ समूहले कमेडीमा विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएको हो ।

‘नेपग्याजम कमेडी’ समूहले बैशाख २० गते विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको कालापत्थरमा पुगेर स्ट्यान्डअप कमेडी प्रस्तुत गरेको थियो। यो समुहका दुई कलाकार उमेशकुमार गौतम यूकेजी र लेखमणि त्रिताल रमेश अंकलको छोरोले ५,६४३ मिटरको उचाइमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका हुन्।

‘कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति लिएरै यो कार्य गरेको नेपग्याजम मिडिया एण्ड प्रडक्सन प्रालि निर्देशक सन्तोष देवकोटाले बताए । ‘वर्ल्ड रेकर्ड कायम गरेको अफिसियल अनाउन्समेन्ट भएको उनले जानकारी दिए । कोरोना महामारीका कारण प्रमाणपत्र भने आइनसकेको निर्देशक देवकोटाले बताए ।

गौतम र त्रिताल अघि इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविर ५,२७० मिटरमा स्ट्यान्डअप कमेडी गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएका थिए । उनीहरु सिम्रिक एयरको हेलि मार्फत कालापत्थर पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर