अज्ञात रोगले धमाधम घारमै मौरी मर्न थालेपछि व्यवसाय नै चौपट हुने चिन्तामा किसान — OSNepal

अज्ञात रोगले धमाधम घारमै मौरी मर्न थालेपछि व्यवसाय नै चौपट हुने चिन्तामा किसान

LC (KTM) May 26, 2021 0

सिमकोट, १२ जेठ – हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेका छन् । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेका वीरबहादुर सिहंले जानकारी दिनुभयो । अज्ञात रोगले घारभित्रै मौरी मर्न थालेपछि चिन्ता बढेको सिंहले बताउनुभयो । मौरीपालन गरेका सिंहले मह र मौरीका घार बेचेर राम्रो आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

एक्कासि मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होलाजस्तो भएको उहाँले बताउनुभयो । मौरी के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी हुन सकेको छैन । जिल्लामा एक माना महको रु एक हजार देखि एक हजार २०० सम्म मूल्य पर्ने गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर