प्रधानन्यायाधीशको समर्थनमा सर्वोच्च परिसरमा प्रदर्शन,सावित्री घिमिरे लगाएय केहि प्रहरीको नियन्त्रणमा — OSNepal

प्रधानन्यायाधीशको समर्थनमा सर्वोच्च परिसरमा प्रदर्शन,सावित्री घिमिरे लगाएय केहि प्रहरीको नियन्त्रणमा

LC (KTM) November 15, 2021 0

ठमाडौ २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको समर्थनमा सर्वोच्च अदालत बाहिर प्रर्दशन भइरहेको छ । जवराको राजीनामा माग् गर्दै कानुन व्यवसायीले गरेको आन्दोलनको विरोध समर्थकहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले न्याय निरुपणको काम अवरुद्ध भएको भन्दै प्रदर्शन गरेका छन् । सुरक्षा व्यवस्थालाई कडाई पारिएको सर्वोच्च परिसर वरिपरि आन्दोलन गर्ने समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सहभागी भएका मजदूर संगठनका अध्यक्ष मनोज सापकोटा, सामाजिक अभियान्ता तारा बराल, सावित्री घिमिरे लगाएतलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

आज सोमबार पनि कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर