काठमाडौँ १२ जेठ । कोरोना संक्रमण दर बढ्दै गएपछि कैलालीमा पाँचौ पटक जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा थपेको छ ।
एक साताको लागि थपिएको निषेधाज्ञा जेठ २० गते सम्म लागु हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । नयाँ भेरियन्टको कोरोना भाइरस देखा परेको भन्दै निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।