ब्राजिलमा कोरोनाबाट मृ त्यु हुनेको संख्या चार लाख ५० हजार नाघ्यो,१ करोड ४६ लाखले जिते कोरोना — OSNepal

ब्राजिलमा कोरोनाबाट मृ त्यु हुनेको संख्या चार लाख ५० हजार नाघ्यो,१ करोड ४६ लाखले जिते कोरोना

LC (KTM) May 26, 2021 0

ब्रासिलिया १२ जेठ – ब्राजिलमा कोरोनाको संक्रमणबाट ज्या न गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृ त्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृ त्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ । यस प्रकोप शुरु भएयता ब्राजिलमा १ करोड ४६ लाख व्यक्ति कोरोना मुक्त भएका छन् ।

राष्ट्रसंघीय महासचिवको आग्रह:- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मालीमा जारी रहेको सैनिक क्रियाकलापहरुप्रति निगरानीलाई कायमै राखिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसका प्रवक्ताले मंगलबार सो जानकारी गराउनुभएको हो । उहाँका अनुसार मालीको पछिल्लो अवस्थाका बारेमा राष्ट्रसंघीय महासचिव गुटेरसले निकै नजिकबाट नियालीरहनु भएको छ ।

मालीको सैनिक सरकारले पछिल्लो समयमा यहाँका नागरिक नेताहरुलाई थुनामा राखेको छ । तर उनीहरुको रिहाइ गर्नुपर्ने भन्दै पछिल्लो समयमा संयुक्त राष्ट्रसंघ र विश्वका अरु देशले पनि माग गरको छन् ।महासचिवका प्रवक्ता स्टेफान डुजारिकले मालीको बारेमा महासचिव गुटरेसलाई राम्रोसम्ग ब्रिफ गरिएको छ र यस विषयमा उहाँलाई पूर्ण जानकारी रहेको बताउनुभएको छ ।

त्यसैले महासचिव गुटरेसले मालीको सैनिक सरकारले यहाँका नागरिक आन्दोलनका नेताहरुलाई नियन्त्रणमा लिएको भन्दै उनीहरुलाई जतिसक्दो चाँडो रिहा गर्नुपर्ने माग गर्नुभएको छ । मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पनि रहेको छ । सो मिसनमार्फत् महासचिव गुटरेशले धेरै कुरा जानकारीमा लिनु भएको पनि उहाँका महासचिव डुजारिकले मंगलबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर