जनकपुरधाम २८ कात्तिक । धर्मलाई लिएर दुई समुदायबिच भएको विवाद बढ्दै गएपछि जनकपुरमा निषेधाज्ञा लब्याइएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय भएको छ ।
हिन्दू र मुस्लिम समुदायबीच विवादले उग्र रुप लिँदा निषेधाज्ञा लगाउनु पर्ने स्थिति सिर्जना भएकोह हो । छठ पर्वमा अघ्र्य राख्नका लागि बनाउन लागेको घाटको विषयमा दूई समुदायबिच विवाद भएको थियो ।
निषेधाज्ञा पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म जारी गरिएको छ ।