आदर्शका बाबुले समयमा उपचार नपाएर निधन भएपछि बोल्न थाले कलाकार, निश्चलले भने किन समयमा उपचार दिन सक्दैन राज्यले ? — OSNepal

आदर्शका बाबुले समयमा उपचार नपाएर निधन भएपछि बोल्न थाले कलाकार, निश्चलले भने किन समयमा उपचार दिन सक्दैन राज्यले ?

LC (KTM) May 26, 2021 0

काठमाडौँ । नारायणी अस्पताल, विरगञ्जमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्रै डायलसिस गरिएका कारण कलाकार आदर्श मिश्राले मंगलबार बाबुलाई गुमाए । विभिन्न अस्पताल धाएर किड्नी प्रत्यारोपण गराउन माग गर्दा पनि अस्पतालले नमानेपछि विगत ४ वर्षदेखि डायलसिस गराउँदै आएका आर्दशका बाबुले मंगलबार कहिल्यै नर्फकिने गरी गए ।

जसको कारण पछिल्लो विग्रेको व्यवस्था र अस्पतालको मनपरी तन्त्र भएको आरोप आर्दशले लगाउँदै आएका बेला यतिबेला कलाकारहरुले पनि आर्दशलाई साथ दिँदै उनको आवाजमा आवज मिलाइरहेका छन् । यसैबिच आदर्शका पिताको निधनपछि निर्देशक तथा कलाकार निश्चल बस्नेतले नेपालको विग्रेको व्यवस्थामाथी प्रश्न उठाएका छन् ।

निश्चलले सामाजिक संजालमा आफ्नो धारणा राख्दै भनेका छन् सायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउँमा पुर्याउन सकेको भए । हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ । डायलसिस समयमा गर्न नसक्नु भनेको, चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नु सरह हो । मेरो घरमा पनि डायलसिसको बिरामी हुनुहुन्छ । कती कठिन हुन्छ थाहा छ मलाई । सायद, त्यो विग्रेको मेसिन समयमा नै बनाउने प्रशासन भएको भए, सायद कोभिड मात्र हैन अरु रोग पनि छ जसले अप्ठ्यारो पारिरहेछ भन्ने हाम्रो हेल्थ सिस्टमले पहिले नै वुझेको भए आज उसलाई सहानुभुतीको आवश्यकता पर्ने थिएन होला ।’

‘हाम्रो गैह्र जिम्मेवार नेतृत्वको बिग्रेको व्यवस्थाको कारण कैयौं यस्ता घटना घटिरहेका छन् । डर लाग्छ हामी पनि कहिले यही व्यवस्थाको शिकार हुन्छौं भनेर ।’ त्यस्तै चर्चित नायिका नीता ढुंगानाले पनि आफ्ना साथी हरिहरका बाबुले पनि कोरोनाका कारण समयमा उपचार नपाउँदा अल्पायुमा नै सँधैका लागि छाडेर जानु परेको आरोप लगाएकी छिन् । कलाकार तथा ज्योतिषी हरिहरका बाबुको मंगलबार कोरोना संक्रमणपछि निधन भएको थियो । उनको मंगलबार नै दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर