काठमाडौं २८ कात्तिक । नेपाली कांग्रेसका डडेलधुराका सभापति कर्णबहादुर मल्लले डडेल्धुरामा भएको वडा अधिवेशन खारेज हुनु पर्ने बताएका छन् । पुर्व राजा ज्ञानेन्द्रको शैलीमा भएको वडा अधिवेशन खारेज हुनुपर्ने सभापति मल्लले बताएका हुन् ।
आइतबार बिहान एक कार्यक्रममा सहभागी भएका उनले प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले यो वडा अधिवेशन खारेज गनुपर्ने भन्दै गुटगत अधिवेशन देउवाकै संरक्षमा भएको आरोप लगाएका छन् ।
आफुले देउवाको विरोध नगरी निरङ्कुश कार्यशैलीको मात्र विरोध गरेको पनि कार्यक्रममा बताएका छन् । ‘गुटगत वडा अधिवेशन उहाँकै संरक्षणमा भएको हो । त्यो फिर्ताका लागि धर्नाको विकल्प छैन ‘ उनले अघि भने ।
पार्टी सभापति सबैको अभिभावक हुनुपर्छ गुटको मात्र नेता हुनुहुँदैन भनेका उनले बूढानीलकण्ठबाट क्रियाशील सदस्यता थपघट गरिएको घटना समते कार्यक्रममा स्मरण गराएका छन् ।
धाँधली भएको प्रमाणसहित उजुरी दिँदा पनि सुनुवाइ नभएको उनको गुनासो रहेको छ ।