काठमाडौं २८ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने घोषणा गरेका छन् ।
यात्रुहरुसँग टयाक्सी चालकले महँगो भाडा असुल गरेको गुनासो परेपछि आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् ।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा मन्त्री आलेले यस्तो बताएका हुन् ।
केहि अगाडी विमानस्थल पुगी यात्रुहरुको समस्या अवलोकन गरेका थिए ।