कोरोनाले प्रेमी हरिहरका बाबुको निधन आँखै अगाडी देखेपछि नीताले लेखिन् यो देशमा किन जन्मिएँ होला भनेर — OSNepal

कोरोनाले प्रेमी हरिहरका बाबुको निधन आँखै अगाडी देखेपछि नीताले लेखिन् यो देशमा किन जन्मिएँ होला भनेर

LC (KTM) May 26, 2021 0

काठमाडौँ । पछिल्ला दिनमा नेपालमा कोरोना महामारीले भयाभह रुप लिइरहेका बेला नेपाली नेताहरुको असंवेदनालाई नजिकबाट जनताले हेरिरहेका छन् । मानिसहरु दिनदिनै मरिरहँदा नेताहरु भने कुर्सिको खेलमा लागिरहेका बेला कोरोनाका कारण मृत्युदर बढीरहेको छ ।

यसैबिच आफ्ना प्रेमी तथा मिल्ने साथी हरिहर अधिकारीका बाबुको मृत्युलाई आँखै अगाडी देखेकी नीताले देश चलाउनेहरुमाथी प्रश्न गरेकी छिन् । उनले आफ्नो देशका नागरिकहरु उपचार नपाएर बिदा भइरहँदा पनि राज्य मुकदर्शक बनेर हेरिरहेको भन्दै आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गरेकी छिन् । उनले कलाकार हरिहर अधिकारीका पिताको निधनपछि मनको भावना व्यक्त गरेकी हुन् ।

मंगलबार उपचारका क्रममा हरिहरका पिताको निधन भएपछि बुधबार नीताले सामाजिक संजालमा आफ्नो राय राख्दै भनेकी छिन् ‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाविरुद्ध संसार लडिरहँदा मेरो देशले मलाई झन् लात हान्छ भन्ने कुराको आज आभाष भयो ।’

नीताले देश संकटमा परेका बेला नेपाली नेताहरु जनताका नभएको समेत उल्लेख गरेकी छिन् । नीताले समयमा अस्पतालमा उपचार नपाएर आफूले नजिकको अग्रज गुमाएको समेत उल्लेख गरेकी छिन् । नीताले हरिहरका पिताले समयमै उपचार पाएको भए यो अकल्पनिय क्षण नआउने समेत बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर